अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५१ | Colorodo: 12:06

प्रदेश २ मा प्रदेशसभाका पाँच मर्यादापालकमा कोरोना संक्रमण, बैठक स्थगित

बिआरटीनेपाल २०७७ जेठ २२ गते ७:२० मा प्रकाशित

प्रदेश २ को प्रदेशसभा अन्तर्गत खटिएका पाँचजना मर्यादापालकसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशसभाको चौथो अधिवेशन अन्तरगत बुधबारदेखि सुरु संसदमा खटिएका ५ जना मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

चौथो संसद अधिवेशनका लागि गत आइतबार, सोमबार, मंगलबार गरी कूल ३ सय ४० जनाको स्वाब परीक्षण गरिएकोमा पाँच जना मर्यादापालक र एकजना राज्यमन्त्रीका स्वकिय सचिवमा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो । लकडाउनको समयमा सुरक्षाकर्मीको रुपमा संसदबाहिर सडकमा खटाइएका प्रहरीमा संक्रमण देखिएको छ ।

जसमध्ये एक जना एक राज्यमज्त्रीका स्वकीय सचिवसमेत रहेका छन् । पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणमा प्रदेश २ मा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशसभाका सांसद, कर्मचारी र सुरक्षाकर्मीको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू