अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 06:42

नेपाल एयरलाइन्सका तीन वटा विमान आज हङकङ जाँदै

बिआरटीनेपाल २०७७ जेठ १९ गते ७:२८ मा प्रकाशित

नेपाल एयरलाइन्सका तीन वटा विमान आज हङकङ जाँदै छन् । त्रिभुवन विमानस्थलबाट आज राति आठ, साढे आठ र नौ बजे गरि नेपाल एयरलाइन्सका तीनवटा विमान हङकङका लागि उड्दैछन् । तीनवटै विमानले नेपालबाट यात्रु लैजाँदै छन् ।

हङकङ जाने अधिकांश यात्रुमा नेपाली र नेपाली मुलका रहेका नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । यसैगरि कोरियन एयर बिहान ६९ नेपालीसहित दुइ सय ३२ यात्रु लिएर सिउलका लागि उडेको छ ।

कोरोनो भाइरसको नियन्त्रण तथा रोकथामका लागि देशब्यापी बन्दाबन्दी सुरु भएयता नेपालबाट विभिन्न देशले आफ्ना नागरिक पटकपटक ओसारिरहेका छन् । यसरी फर्कने यात्रुमा नेपालीसमेत रहेका छन् । हिजो मात्र कतार एयरवेजको विमान एक सय ६३ नेपालीसहित ३ सय १२ जना यात्रु लिएर दोहा हुँदै अमेरिकाका लागि उडेको थियो । कतार एयरवेजले मात्र युरोप र अमेरिकाका लागि नेपालबाट १४ वटा उद्धार फ्लाइट गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू