अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८ | Colorodo: 12:53

पुननिर्माणका काम गर्दा कोभिड १९ को जोखिम कम गर्न मापदण्ड स्वीकृत

बिआरटीनेपाल २०७७ जेठ १८ गते ६:१९ मा प्रकाशित

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका काम गर्दा कोभिड–१९ संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत गरेको छ । मापदण्ड प्राधिकरणको कार्यकारी समितिको बैठकले स्वीकृत गरेको हो । मापदण्डमा निजी आवास, स्वास्थ्य, शिक्षा, सम्पदालगायतका क्षेत्रमा बाँकी रहेका पुनःनिर्माणका काम सुरु गर्दा कार्यस्थल व्यवस्थापन, सामग्री आपूर्ति, जनशक्तिको कार्य व्यवस्थापन, स्थानीय प्रशासन, स्थानीय तह र अन्य सरोकार भएका पक्षको भूमिका उल्लेख गरिएको प्राधिकरणका सहायक प्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो ।

मापदण्ड तयार भएकाले पुनःनिर्माणका काम अघि बढाउन सहज हुने प्राधिकरणले जनाएको छ मापदण्डअनुसार पुनर्निर्माण गर्दा सम्बन्धीत निर्माण व्यवसायी वा उपभोक्ता समितिले उपलब्ध भएसम्म कार्यस्थल रहेको बस्ती, वडा, स्थानीय तह र जिल्लाको जनशक्ति प्रयोग गर्नु पर्नेछ । मापदण्ड अनुसार निजी आवास पुनर्निर्माण सुरु गर्नुभन्दा पहिले सम्बन्धित वडा कार्यालयलाई त्यसको जानकारी गराई प्राप्त सुझावबमोजिम मात्र काम प्रारम्भ गर्नुपर्नेछ ।

उपलब्ध भएसम्म स्थानीय कामदारलाई काममा लगाउनु पर्नेछ । कार्यस्थलमा अनिवार्यरुपमा साबुनपानी, मास्क, शौचालय र सरसफाइको व्यवस्था मिलाउनु पर्नेछ । मापदण्ड पुनर्निर्माण सम्बन्धी सम्पूर्ण सरोकार भएका निकायले बन्दाबन्दी कायम रहेको वा नरहेको अवस्थामा पनि अनिवार्यरुपमा पालना गर्नुपर्नेछ । गत वैशाख २४ गतेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सुरक्षा सम्बन्धी विभिन्न मापदण्डको पालना गरी विकास आयोजना सम्बन्धी काम सुरु गर्न सकिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू