अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

बजेटले मुलुकको सम्पूर्ण क्षेत्रलाई निरास बनायो – कांग्रेस नेता प्रकाशमान सिंह

बिआरटीनेपाल २०७७ जेठ १८ गते ५:५६ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद्मा पेश गरेको नयाँ बजेटले सम्पूर्ण क्षेत्रलाई निराश बनाएको बताएको छ । आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा भाग लिँदै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशका जल्दाबल्दा समस्या समाधान गर्न बजेट बिफल भएको आरोप लगाउनुभयो ।

‘सरकारले कोरोनालाई सामान्य तबरले लिएको बजेटले झल्काएको उल्लेख गर्दे उहाँले कोरोना ठीक भएपछि ७ प्रतिशत आर्थिक वृद्धि भइहाल्छ भन्ने सरकारको मनसाय रहेको टिप्प्णी गर्नुभयो । रोग रोकथाम, नियन्त्रणलाई जति गम्भीरताका साथ लिनुपर्ने हो, त्यो सरकारको त्यति प्राथमितामा नपरेको नेता सिंहको भनाई छ । एक फरक प्रसंगमा उहाँले एमसीसी कार्यान्वयनलाई लिएर नेकपाभित्र विबाद शुरू भइसकेको भन्दै बजेट कार्यान्वयनमा प्रश्न गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू