अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 13:53

“बजेटमार्फत संघीयतालाई कमजोर पार्न खोजियो”- राजपा नेता महतो

बिआरटीनेपाल २०७७ जेठ १८ गते ५:५५ मा प्रकाशित

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले बजेटले जनतामा उत्साह पैदा नगरेको तथा सरकारले बजेटमार्फत् संघीयतालाई कमजोर पार्न खोजेको आरोप लगाउनुभएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि संसदमा चलिरहेको छलफमा सहभागी हुँदै महतोले परम्परागत बजेट भएको र राज्यको चरित्रअनुसारको बजेट भएको टिप्पणी गर्नुभयो ।

राज्यको चरित्र धनीलाई धनी बनाउने, शक्तिमा रहेकाको महिमागान गर्ने र कमजोर वर्ग तथा समूदायलाई झन कमजोर र कुनामा पार्ने रहेको भन्दै बजेट पनि सोहीअनुसारको आएको महतोको प्रतिक्रिया थियो । बजेटले सरकार र सत्ताधारीहरू जनताप्रति वफादार छैनन् भन्ने देखाएको महतोको टिप्पणी थियो । नागरिक भोकले मरिरहेको अवस्थामा सरकार भने कसैलाई भोकले मर्न दिईदैन भन्दै भाषणमा रमाएको उहाँको भनाइ थियो ।

वैदेशिक रोजगारीमा गएका नागरिक कोरोनाले रोजगारीले गुमाएर स्वदेश फर्किन लागेको भन्दै महतोले त्यसबाट उत्पन्न हुने परिस्थिति बजेटले आँकलन गर्न नसकेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू