अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

काँग्रेसद्वारा संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन

बिआरटीनेपाल २०७७ जेठ १७ गते ६:५० मा प्रकाशित

नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको छ । शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको हो ।

प्रवक्ता शर्माका अनुसार संसदीय दललाई लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको हो ।

प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसदहरु छन् । केही दिन अगाडि सरकारले अद्यावधिक नक्सासहित निशान छाप परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू