अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

संघीय संसदको परिवर्तित नयाँ लोगो कार्यान्वयनमा

बिआरटीनेपाल २०७७ जेठ १३ गते ७:३२ मा प्रकाशित

नेपालको नयाँ नक्सासहित संघीय संसद्को लोगो अर्थात प्रतिक परिवर्तन भएको छ । अद्यावधिक गरिएको नेपालको नक्सा राखेर संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको लोगो परिवर्तन गरिएको हो । संघीय संसद्को नयाँ लोगो आजैको बैठकबाट प्रयोगमा ल्याइएको छ ।

भारतीय अतिक्रमणमा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जेठ ७ गते सरकारले जारी गरेको थियो । आज नयाँ नक्सासहितको नयाँ लागो लगाएर सांसदहरु संसदमा प्रवेश गरेका थिए ।

सरकारले नक्सामा ती भूमि राखेर अद्यावधिक गरेपछि संसद्ले उक्त नक्सा प्रयोगमा ल्याउने निर्णय गरेको हो । त्यही निर्णयअनुसार सांसदहरूले लगाउने लोगो, रोस्ट्रममा भएको प्रतीक चिन्हलाई अद्यावधिक नक्साअनुसार परिमार्जन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू