अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०० | Colorodo: 14:15

रुकुम घटनालाई लिएर संसदमा तनाव, घटनाको ढाकछोप नगर्न सांसदहरूको आग्रह

बिआरटीनेपाल २०७७ जेठ १३ गते ७:३० मा प्रकाशित

रुकुम चौरजहारीमा भएको घटनाको विषयलाई लिएर संसदमा तनाव भएको छ । जाजरकोटका युवा र रुकुम पश्चिमकी युवतीबीचमा भएको प्रेम र विवाहको विषयलाई लिएर संसदमा सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुबीचमा भनाभन भएको छ । काँग्रेस सांसदहरुले जनप्रतिनिधि नै हत्यामा संलग्न भएको भन्दै कडा कारबाहीको माग गरेका छन् ।

सत्ता पक्षका सांसदहरुले पनि घटनाको विरोध गरेका छन् । नेकपाका सांसद जनार्दन शर्माले आफ्नो क्षेत्रमा भएको घटनालाई ढाकछोप गर्ने हिसाबले संसदमा प्रस्तुत हुन थालेपछि दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरुले विरोध गरेका हुन् । त्यसपछि काँग्रेसका सबै सांसदहरुले विरोध जनाएपछि संसदमा एकछिन तनाव समेत भएको थियो ।

त्यसपछि गृहमन्त्री रामबहादुर थापाले घटनाको बारेमा जानकारी दिदै सत्थ्य तथ्य पत्ता लगाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसअघि काँग्रेसका सांसद मीन विश्वकर्माले पश्चिम रुकुममा दलित युवकको मृत्युको घटनाको संसदीय छानबिन गर्न माग गर्नुभएको थियो । उहाँले घटनामा बेपत्ता भएकाको खोजी, मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न सरकारसँग माग गर्नुभयो । त्यस्तै घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकालाई राजनीतिक दबाब र प्रभावमा रिहा नगरी निष्पक्ष छानबिन गर्न पनि सांसद विश्वकर्माले माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू