अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०५ | Colorodo: 12:20

खाडी तथा मलेसियामा अलपत्र नेपालीको तत्काल उद्दार गर्ने सरकारको निर्णय

बिआरटीनेपाल २०७७ जेठ १२ गते २१:४२ मा प्रकाशित

सरकारले खाडी मुलुक तथा मलेसियामा अलपत्र परेका करिब २५ हजार नेपाली नागरिकलाई तत्काल उद्दार गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता र उनीहरूको व्यवस्थापन सम्बन्धी कार्यविधि पारित गरेको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

बैठकले विपद व्यवस्थापन केन्द्र (सिएमसी) ले तयार पारेको भारत तथा तेस्रो मुलुकबाट नेपालीको उद्दार सम्बन्धी कार्यविधि पारित गरेको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिनुभयो । कार्यविधिअनुसार नै भारतबाट आउने नेपालीलाई उनीहरूकै स्थानीय तहमा पठाउने र तेस्रो मुलुकबाट प्राथमिकताका आधारमा उद्दार गरिनेछ ।

परराष्ट्र मन्त्रालयले भारतबाट करिब ३ लाख र तेस्रो मुलुकबाट ३ लाख गरी ६ लाख नेपाली स्वदेश फर्किने अनुमान गरेको छ । यद्यपि सीसीएमसीको अनुमानमा भने तेस्रो मुलुकबाट झन्डै १० लाख नेपाली स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू