अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२५ | Colorodo: 12:40

“चर्चहरु खोल्नुपर्छ ,प्रार्थना जरुरी छ” – राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७७ जेठ ९ गते २१:५७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रार्थना जरुरी रहेको भन्दै चर्चहरु खोल्नुपर्ने बताउनुभएको छ । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा खोल्न जरुरी रहेको बताउनुभएको हो । गत मार्चमा प्रान्तका गर्भनरहरुले चर्चसंगै व्यापारिक प्रतिष्ठान र सार्वजनिक स्थल बन्द गर्ने निर्णय गरेका थिए ।

अहिले पनि चर्च खोलेमा कति मानिस भेला हुन पाउने भन्ने अन्तिम निर्णय उनीहरुले नै गर्ने छन् । अमेरिकी राष्ट्रपतिले गर्भनरहरुलाई चर्च खोल्ने विषयमा सहमत गराउन सकेपनि चर्च खोल्ने निर्देशन दिन भने नसक्ने अबस्था छ ।

ट्रम्पले गभर्नरहरुलाई चर्च खोल्न बाध्य पारेमा नजिकिंदो राष्ट्रपतीय निर्वाचनमा उहाँलाई राजनीतिक घाटा हुनसक्छ वा यसले कानुनी लडाईंको रुप लिन सक्ने बताईएको छ । अमेरिकामा कोरोना महामारीसँगै चर्चहरुमा भेला हुन बन्द गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू