अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

सरकारले भारतलाई चिढ्याउने गतिविधि गरेको भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईको आक्रोश

बिआरटीनेपाल २०७७ जेठ ८ गते २२:०१ मा प्रकाशित

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले भारतलाई चिढ्याउने गतिविधि गरिरहेको आरोप लगाउनु भएको छ । नेपालले आफ्नो भूमिसहितको नक्सा सार्वजनिक गरेपछि दुई देशका बीचमा बहस चलिरहेका बेला उहाले सरकारको गतिविधि ठीक नभएको बताउनु भएको हो ।

उहाले कोरोना पछिको नेपालको अर्थतन्त्र सुधार गरेर लैजान भारतसँगको सम्बन्ध सुधार गरेर लैजानु पर्नेमा जोड दिनुभयो । नेपाल उद्योग परिसंघले आयोजना गरेको छलफल कार्यक्रममा पूर्व अर्थमन्त्री समेत रहनु भएका डा. भट्टराईले नेपालले भारतसँगको सम्बन्ध राम्रो बनाएर लगेको खण्डमा लगानी समेत भित्रन सक्ने बताउदै भारतलाई चिढ्याउने सरकारको नीति ठीक नभएको धारणा राख्नुभयो ।

‘पछिल्लो समयमा सरकारका अभिव्यक्ति चित्त बुझ्दा छैन । अब सरकारले भारतसँग र चीन सँगको सम्बन्धलाई पनि समान रुपमा लैजान सकियो भने विदेशी लगानी भित्रन सक्छ,’ उहाको भनाई छ । अहिले नेपाल न्यारोनिजम तिर जान खोजेको भन्दै देशको जटिल भूराजनीति र प्रचुर सम्भावना भए पनि साँधुरो र संक्रिण चिन्ताले तत्काल समस्याको समाधान खोज्न नसकिने बताउनु भयो ।

भारत र चीनसँग राम्रो सम्बन्ध विकास गर्न सकेको खण्डमा अवसर आउने बताउदै डा. भट्टराईले भन्नुभयो, ‘केही समय यताका हाम्रा गतिविधि, सरकारको नेतृत्व गरिरहेको व्यक्तिहरुको कृयाकलापले त्यो अवसरलाई झन गुमाउने र त्रासदी थप्ने सम्भावना मैले देखेको छु ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू