अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२७ | Colorodo: 20:42

सूचना आयोगको आदेश– “कोरोना संक्रमित र मृतकको ठेगाना स्पष्टसँग सार्वजनिक गर्नू”

बिआरटीनेपाल २०७७ जेठ ६ गते २१:५० मा प्रकाशित

राष्ट्रिय सूचना आयोगले कोरोना संक्रमित तथा मृत्यु भएकाको स्थायी र अस्थायी ठेगाना स्पष्ट हुनेगरी खुलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश दिएको छ। मंगलबार आयोगले संक्रमित र मृतकको स्थायी, अस्थायी ठेगाना स्पष्ट हुने गरी उल्लेख नहुँदा नागरिकमा भ्रम सिर्जना भएको भन्दै खुल्नेगरी सार्वजनिक गर्न आदेश दिएको हो। ‘स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान वा संक्रमण हुँदाको स्थान फरक फरक हुन सक्दछ र एउटा मात्र स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्योलता भएको पाइएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सूचनामा थप स्पष्ट गराई सर्वसाधारणमा भएको अन्यौल हटाउन आवश्यक देखिन्छ।’

आयोगले सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम मन्त्रालयलको सचिवालयलाई आदेश दिएको हो। साथै व्यक्तिगत विवरण प्रसारण गर्दा सम्बन्धित व्यक्ति वा परिवारमा दुखदायी र दुरगामी हुन सक्ने बताएको छ। ‘यस सन्दर्भमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा २८ ले सार्वजनिक निकायले आफूसमक्ष रहेका व्यक्तिगत प्रकृतिका सूचनाहरू अनाधिकृत प्रकाशन र प्रसारण नहुने गरी संरक्षण गरिराख्नु पर्नेछ भन्ने व्यवस्था गरेको तर्फ ध्यानाकर्षण गराउदछौँ’ विज्ञप्तिमा लेखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू