अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३४ | Colorodo: 17:49

लकडाउनका कारण १ महिनादेखि अवरुद्ध खोप कार्यक्रम शुरु

बिआरटीनेपाल २०७७ वैशाख १३ गते ६:३१ मा प्रकाशित

लकडाउनका कारण १ महिनादेखि अवरुद्ध खोप कार्यक्रम शुरु भएको छ । बालबालिकालाई विभिन्न रोगबाट जोगाउनका लागि खोप लगाउन शुरु गरिएको बाल स्वास्थ्य महाशाखाका खोप प्रमुख डा.झलक गौतमले बताउनु भयो । उच्च सर्तकता अपनाएर खोप कार्यक्रम शुरु गरिएको हो । स्वास्थ्यकर्मीलाई पन्जा,मास्क र स्यानिटाईजर प्रयोग गरेर खोप लगाएर काममा खटाईने डा गौतमले जानकारी दिनुभयो ।

कार्यक्रमअनुसार बालबालिकाको सुरक्षाका लागि सुरक्षीत तरिकाबाट खोप लगाईने छ । जन्मिने वित्तिकै लगाउनुपर्ने बिसिजी देखि विभिन्न ८ प्रकारका खोपलाई निरन्तरता दिईएको । देशभरका १६ हजार स्वास्थ्य केन्द्रबाट एकसाथ खोप कार्यक्रम सन्चालन गरिएको हो ।

विभागले विसिजी, पेन्टा, ओपिभी, एफआइपिभि, पिभिसि, एमआर तथा जेई र टिटी नामका खोप लगाउन शुरु गरेको हो । यी खोप बालबालिकालाई जन्मिएदेखि २३ महिना सम्ममा लगाईसक्नु पर्छ । नियमीत खोप कार्यक्रम सन्चालनमा आएपछि देशभरका एक बर्ष मुनिका झण्डै ६ लाख २० हजार बालबालिका लाभान्वित हुने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू