अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 22:49

पश्चिमाञ्चल स्वस्थ्य बिज्ञान प्रतिष्ठानलाई कोरोना स्वाब बुथ हस्तान्तरण

बिआरटीनेपाल २०७६ चैत २९ गते ७:२५ मा प्रकाशित

नेपाल औषधि थोक ब्यबसायी संघ गण्डकी प्रदेशले पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई कोरोना भाईरस स्वाब संकलन बुथ हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तरगत बुथ हस्तान्तरण गरिएको संघले जनाएको छ । शनिवार अस्पताल परिषरमा आयोजित एक कार्यक्रममा संघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र मल्लले अस्पतालका निर्देशक डा . अर्जुन आचार्य लाई उक्त बुथ हस्तान्तरण गर्नुभएको हो ।

औषधि थोक ब्यबसायी संघ, गण्डकी प्रदेशको अनुरोध तथा पोखरा बिश्वबिद्धालयको प्राबिधिक सहयोगमा पोखरा युपिभिसी उद्योगले उक्त बुथ निर्माण गरेको हो । बिश्वब्यापी महामारी बनिरहेको कोरोना भाईरस बाट स्वास्थ्यकर्मी र ल्याबमा कार्यरत कर्मचारीलाई हुने प्रत्यक्ष संक्रमणबाट रोक्न बुथ फलदायी हुने विश्वास लिईएको छ ।

कार्यक्रममा नेपाल औषधि थोक ब्यबसायी संघ का केन्द्रीय उपाध्यक्ष श्रीराम पराजुली र गण्डकी प्रदेशका उपाध्यक्ष काशीनाथ काफ्लेले स्वाब संकलन बुथ, यसको ब्यबस्थापन र आर्थिक पक्षका बिषयमा जानकारी गराउनुभएको थियो । अस्पतालका निर्देशक डा. अर्जुन आचार्य ले संघको सहयोगले कोरोना विरुद्ध कार्यसम्पादन गर्न र कर्मचारीको स्वास्थ्य लाई उच्च सुरक्षा प्रदान गरि मनोबल बढाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू