अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 17:23

संक्रमितमा पनि लक्षण नदेखिएकाले कोरोना महामारी हुनसक्ने विज्ञहरुको भनाई

बिआरटीनेपाल २०७६ चैत २७ गते २२:२२ मा प्रकाशित

कोरोना सङ्क्रमित व्यक्तिमा कुनै लक्षण नदेखिएकाले महामारी हुनसक्ने विज्ञहरुले बताएका छन् । नेपालमा चैत २२ मा कोरोना सक्रमण पुष्टि भएकी कैलालीकी ३४ वर्षका महिलामा कुनै लक्षण देखिएको थिएन । दुबईबाट आएका उनका आफन्तमा कोरोना सङ्क्रमण पुष्टि भएपछि घरका अन्यलाई पनि जाँच गर्ने क्रममा ती महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

विश्वव्यापी रूपमै विनालक्षणका सङ्क्रमितले बढी सङ्क्रमण फैलाइरहेको अमेरिकी राष्ट्रिय रोग नियन्त्रण एवं रोकथाम केन्द्रको अध्ययनले पनि देखाएको छ । कोरोना भाइरसबाट सङ्क्रमित अमेरिकीमध्ये २५ प्रतिशतमा कुनै लक्षण नदेखिएको एवं उनीहरू बिरामी पनि नपरेको बताएका छन् । नेपालमा पनि त्यस्तो अवस्था हुनसक्ने भएकाले सचेत र सजग रहन विज्ञहरूको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू