अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

मध्यावधि चुनावबारे कांग्रेसको धारणा सार्वजनिक

बिआरटीनेपाल २०७६ चैत २३ गते ६:५७ मा प्रकाशित

नेपाली कांग्रेसले मध्याबधि निर्वाचनवारे आधिकारिक धारणा सार्वजनिक गरेको छ । अहिलेको अवस्थामा पार्टीले सहमतिको सरकार र चुनावको कुनै माग नगरेको उसले स्पष्ट पारेको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले व्यक्तिगत मतहरुलाई पार्टीसँग गाँसेर अतिरंजित व्याख्या नगर्न आग्रह गर्नुभएको छ ।

व्यक्तिगत मतहरु केवल व्यक्तिगत रहने उल्लेख गर्दै उहाँले पार्टीलाई गांसेर यस सम्बन्धमा अतिरंजित ब्याख्या नगर्न सवैलाई आग्रह गर्नुभयो । संस्थागत रूपमा नेपाली कांग्रेसको धारणा प्रष्ट रहेको उल्लेख गर्दै उहाँले अहिले सहमतिको सरकार र चुनाव दुवै पार्टीको प्रथमिकताका बिषय नरहेको स्पष्ट पार्नुभयो ।

वर्तमान संकटको घडीमा जिम्मेवार ढंगले सरकारलाई हरसंभव साथ दिनुपर्ने उल्लेख गर्दै प्रवक्ता शर्माले तर ढिलासुस्ती, अनियमितता र भ्रस्टाचार विरुद्ध खरो खबरदारी भने गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय कांग्रेस नेता डा. प्रकाश शरण महतले एक अन्तर्वार्तामा मध्यावधि चुनावको माग गरेको भन्दै कांग्रेसको आलोचना भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू