अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३ | Colorodo: 22:28

अत्यावश्यक मेडिकल सामाग्री लिन वाईडबडी चीन गयो

बिआरटीनेपाल २०७६ चैत २० गते ७:५१ मा प्रकाशित

नेपाल एअरलाइन्सको वाइडबडी जहाज अत्यावश्यक सामग्री लिनको लागि चीनको ग्वान्झाउ गएको छ । नेपालका विभिन्न व्यापारीले मेडिकल र अन्य अत्यावश्यक सामग्री लिन नेपाल एअरलाइन्सको वाइडबडी चार्टर गरेर ग्वान्झाउ लगेका हुन् । जहाज आजै राति नेपाल फर्कनेछ ।

बुधबार अस्ट्रेलिया र न्यूजिल्याण्डका नागरिक बोकेर अस्ट्रेलियाको ब्रिस्बेननेपाल एअरलाइन्सको अर्को वाइडबडी पनि आजै राती १० बजेर ५५ मिनेटमा नेपाल आइपुग्ने तालिका छ ।

यस्तै मलेसिया एअरलाइन्सले नेपालबाट नर्वेका नागरिकको उद्दार गरेको छ । बिहीबार बिहान मलेसिया एअरलाइन्सले १ सय २२ जना नर्बेजियन नागरिक बाकेर त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि यूरोपेली देश र अमेरिकाले कतार एअरवेजको विमान चार्टर गरेर आफ्ना नागरिक स्वदेश फकाईसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू