अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१५ | Colorodo: 22:30

मेडिकल सामाग्री खरिदको जिम्मा नेपाली सेनालाई, ’जी टू जी’ मार्फत ल्याईने

बिआरटीनेपाल २०७६ चैत २० गते ७:४२ मा प्रकाशित

सरकारले अब जी टू जी (सरकारबाट सरकारले) बाट मेडिकल सामाग्री खरिद गर्ने भएको छ । बुधबारमात्रै ओम्नी समूहसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्ध गरिएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सम्झौता रद्ध गरेको र सामान किन्नका लागि बिहीबार नै पुनः प्रक्रिया अघि बढाउने बताएपनि सरकारले जी टू जी बाट सामान ल्याउने र यसको जिम्मा सेनालाई दिने भएपछि कुनै प्रक्रिया अगाडि बढेन ।

यसका लागि बिहीबार नै उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोकत्वको कोभिड– १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गर्नुभएको र मन्त्रिपरिषद्ले निर्णय निर्णय गरेको बताईएको छ । ओम्नी समूहले समयमै सामाग्री दिन नसकेको र ल्याएका सामान पनि गुणस्तरीय नभएको भन्दै विभागले बुधबार सम्झौता तोडेको थियो ।

समूहले तीन चरणमा गरि कोभिड १९ को उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री तथा उपकरण ल्याउने जिम्मा पाएको थियो । यसमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्ति सुरक्षा उपकरण (पीपीई) का सामाग्री तथा कोरोना परीक्षण किट समेत थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू