अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 07:54

मुलुकका विभिन्न भागमा हावाहुरी सहित वर्षाको सम्भावना

बिआरटीनेपाल २०७६ चैत १९ गते ७:४४ मा प्रकाशित

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार राति देशका अधिकाश भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताए । उनका अनुसार हाल देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी पहाडी भू–भागका केही स्थानमा हावाहुरीसहित वर्षा भइरहेको छ । सो प्रणालीको प्रभाव बढी पहाडी भू–भागमा पर्ने जनाइएको छ ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भू–भागका धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार देशका पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भू–भागमा अपराह्नपछि एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ । शुक्रबार देशका पूर्व र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू