अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३० | Colorodo: 08:45

नेपालमा अहिलेसम्म कोराना संक्रमणको आशंकामा १०६० परीक्षण, ५ बाहेक सबै रिपोर्ट नेगेटिभ

बिआरटीनेपाल २०७६ चैत १८ गते ७:०७ मा प्रकाशित

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जाँच्न अहिलेसम्म नेपालमा १ हजार ६० वटा परीक्षण गरिएको छ । तीमध्ये १ हजार ५५ वटा परीक्षण नेगेटिभ देखिएको छ।

अहिलेसम्म ५ जनामा संक्रमण देखिएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। संक्रमित भएका ५ जना मध्य चार जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने एक जना निको भएर घर फर्किसकेका छन्। संक्रमित पाँचै जना विदेशबाट नेपाल फर्किएका हुन्। हाल भाइरसको संक्रमण विश्वका २ सय देशमा फैलिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू