अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१३ | Colorodo: 02:28

नेपालमा कोरोना संक्रमित चारै जनाको अवस्था सामान्य

बिआरटीनेपाल २०७६ चैत १८ गते ६:५९ मा प्रकाशित

नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएका चारै जनाको स्वास्थ्य अवस्था सामान्य पाइएको सम्बन्धित अस्पतालले जनाएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिनुभयो ।

उक्त अस्पतालमा फ्रान्सबाट गत चैत ४ गते आएकी काठमाडौकी १९ बर्षिया युवती र गत चैत ६ गते युएईबाट नेपाल आएका एक युवकको संक्रमण देखिएको थियो । उनीहरु दुवै जनाको अहिले अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । दुवैको जनाको दोस्रो परीक्षणको लागि स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको अस्पतालका निर्देशक डा. राजभण्डारीको भनाई छ ।

यसैगरी कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका दुवईबाट चैत ६ गते आएका ३४ बर्षिय संक्रमित युवाको अवस्था पनि सामान्य रहेको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिनुभयो । उनको अहिले अस्पतालको आइसोसेलनमा राखेर उपचार भइहेको छ ।

यसैगरी गत चैत ४ गते बेल्जियम बाट नेपाल आएकी वाग्लुडकी १९ बर्षिया युवतीको पनि स्वास्थ्य अवस्था सामान्य पहिलेको भन्दा सुधार रहेर सामान्य अवस्थामा आएको धौवलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विके पोखरेल जानकारी दिनुभएको छ । ती युवतीसंगै पोखरा गएका र उनीसंग नजिक रहेका नौ जनाको स्वाव परीक्षणको जनस्वास्थय प्रयोगशाला काठमाडौ पठाईसकिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू