अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१९ | Colorodo: 22:34

कोरोनाको शङ्का गरिएका ३ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु

बिआरटीनेपाल २०७६ चैत १७ गते ८:१२ मा प्रकाशित

कोरोना सङ्क्रमणको आशङ्का गरिएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना बिरामी काठमाडौँको वीर अस्पतालमा र अर्का एकजना पाटन अस्पतालमा उपचाररत् थिए । वीर अस्पतालमा मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुङ्गलकी ३४ वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जानकारी दिनुभयो ।

दुबै जनामा कोरोना भएको नभएको परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाइएको भए पनि रिपोर्ट आइसकेको छैन । ती महिलामा निमोनिया देखिएको र पुरुषमा ज्वरो आएको अस्पतालले जनाएको छ ।

यसैबीच लतिलपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका कोरोना आशङ्का गरिएका धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको पनि उपचारको क्रममा मृत्यु भएको छ । तामाङ थरका ती युवक चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका थिए ।

तामाङको आज मृत्यु भएको पाटन अस्पतालका देवकोटाको भनाई छ । उनको नमूना परीक्षणका लागि पठाइए पनि रिपोर्ट भने आएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू