अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

लकडाउन उल्लंघन गर्नेलाई आजबाट प्रहरीले दुई घण्टा उभ्याउने

बिआरटीनेपाल २०७६ चैत १५ गते २२:१२ मा प्रकाशित

आज देशव्यापी लकडाउनको छैठौं दिन । यसअघि, लकडाउनको उल्लंघन गर्नेलाई प्रहरीले पक्राउ गर्दै आएकोमा आजबाट भने जहाँ भेटिएको हो त्यहिँ उभ्याएर ब्रिफिङ्ग गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले लागु गरेको एक हप्ते लकडाउनको क्रममा अहिलेसम्म प्रहरीले उल्लंघन गर्नेलाई पक्राउ गरी केही समय बन्दी बनाउने गरेको थियो ।

तर पक्राउ गरेर गाडीमा हाल्दा संक्रमण फैलिने जोखिम हुने भएकाले आइतबारदेखि उल्लंघन गर्नेलाई जहाँ भेटियो त्यहिँ दुई घण्टासम्म राखिने र ब्रिफिङ्ग गरिने नेपाल प्रहरीले जनाएको छ । आइतबार बिहान लकडाउन उल्लंघन गर्ने ५१२ जना पुरुष तथा १०५ जना महिलालाई यस्तो कारवाही गरिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू