अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३३ | Colorodo: 11:48

कोरोना भाइरसबारे केही सोध्नुपरे ११३३ र १११५ मा निशुल्क फोन गर्न सकिने

बिआरटीनेपाल २०७६ चैत १५ गते ७:१४ मा प्रकाशित

कोरोना भाइरसबिरुद्धको महामारीमा सर्वसाधारणका समस्याहरुको सम्बोधन गर्न शनिबारबाट ११३३ नम्बरको नयाँ कलसेन्टर सुरु गरिएको छ। योभन्दा अगाडि सरकारले कोरोना भाइरस सम्बन्धी कुनै पनि जिज्ञासा वा कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखा परेको खण्डमा १११५ नम्बरको कलसेन्टर सुरु गरेको थियो।

उक्त हेल्पलाइनमा दैनिक ६ हजार भन्दा बढी फोन आउन थालेपछि शनिबारबाट नयाँ कलसेन्टर सुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । फोनबाटै परार्मश दिने र स्वास्थ्यकर्मीले जिज्ञासाको समाधान गर्ने उद्देश्यले सुरु गरिएको कलसेन्टर २४ घण्टा खुल्ला रहने छन्।

यो भन्दा अगाडि फागुन ३० गते कोरोना भाइरस बारे जानकारी लिनका लागि कलसेन्टर सुरु गरिएको थियो। नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण ५ जनामा भएको पुष्टि भइसकेको छ। संक्रमित ४ जनाको उपचार भइरहेको छ भने एक जना निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू