अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३८ | Colorodo: 21:53

चीनका लागि उड्यो वाइडबडी, औषधी र उपकरण लिएर आजै राति नेपाल फर्कने

बिआरटीनेपाल २०७६ चैत १५ गते ५:३५ मा प्रकाशित

नेपाल एअरलाइन्सको जहाज आज चीन गएको छ । सरकार र नीजि क्षेत्रले चीनमा खरिद गरेका औषधी र मेडिकलजन्य सामग्री लिन वाइडबडी जहाज आज दिउँसो साढे १२ बजे चीनको ग्वान्झाउका लागि उडेको हो । औषधी र अन्य मेडिकल सामग्री बोकेर जहाज आजै राति ११ बजेको हाराहारीमा नेपाल फर्कने छ ।

जहाजले कोरोनोको उपचार लक्षित औषधी, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट पीपीई, भेन्टिलेटर लगायतका सामग्री ल्याउने छ । जहाजमा ४ जना पाइलट, २ जना इन्जिनियर, लोड मास्टर लगायत १० जना मात्रै रहेको अपरेसन विभागका प्रमुख क्याप्टेन दिपु ज्वारचनले जानकारी दिनुभो ।

यस्तै नेपाल एअरलाइन्सले चीनमा थप ३ वटा उडान गर्ने भएको छ । एअरलाइन्सले अप्रिल २, ३ र ४ तारिखमा पनि चीन जाने तयारी गरेको छ । अप्रिल २ तारिखको उडानको लागि ९० प्रतिशत तयारी पूरा भैसकेको उहाँले जानकारी दिनुभयो ।

अप्रिल २,३ र ४ तारिखका सबै उडान नेपाली नीजि क्षेत्रले चार्टर गरेका हुन् । जहाजमार्फत नीजि क्षेत्रले नेपाललाई चाहिने मेडिकलजन्य र अन्य अत्यावश्यक सामग्री ल्याउन लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू