अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १,७०१

सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ४ हजार २ सय ५, क्रिटिकल बिरामी २,४९४

बिआरटीनेपाल २०७६ चैत १४ गते २२:०१ मा प्रकाशित

सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ४ हजार २ सय ५, क्रिटिकल बिरामी २,४९४

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ७ सय १ पुगेको छ । को भिड-१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ४ हजार २ सय ५ पुगेको छ भने क्रिटिकल बिरामी २ हजार ४९४ छन ।

अमेरिका विश्व कै सर्वाधिक कोरोना भाइरस सङ्क्रमित देश बनी सकेको छ । कोरोना भाइरसबाट २५२५ जना स्वस्थ भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार सबै भन्दा को भिड-१९ बाट न्युयोर्कमा मानिसहरू मर्नेको सङ्ख्या ६०६ पुगेको छ भने कोलोराडोमा ३१ जनाको मृत्यु भएको छ । त्यसै गरी क्यालिफोर्नियामा मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको छ ।

यसै गरी मिसिगनमा ९२, जर्जियामा ६५, न्युजर्सीमा १०८, लुजियानामा ११९, लगायत अन्य राज्यहरू सहित कुल १ हजार ७ सय १ पुगेको छ ।

आजै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको इतिहासमा सर्वाधिक ठुलो आपत्कालीन सहायता विधेयकमा हस्ताक्षर गरेका छन् । ट्रम्पले शुक्रवार दिउँसो २ खरब डलरको प्रोत्साहन राहत विधेयकमा हस्ताक्षर गरेका हुन् ।

विश्वभर अहिलेसम्म ५ लाख ९७ हजार २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २७ हजार ३६५ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ लाख ३३ हजार ३६३ जना निको भएर घर फर्किएका छन् । २३ हजार ५५९ सिरियस कन्डिसनमा रहेका छन् ।

इटलिमा ९ हजार १३४, चाइनामा ३ हजार २९५, स्पेनमा ५ हजार १३८, फ्रान्समा १ हजार ९९५ तथा ईरानमा २ हजार ३७८ जनाको मृत्‍यु भइसकेको छ ।

प्रतिक्रिया