अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५९ | Colorodo: 03:14

कोभिड १९ का तेस्रो सङ्क्रमित व्यक्ति धादिङबासी भएको पुष्टि

बिआरटीनेपाल २०७६ चैत १२ गते ८:०७ मा प्रकाशित

नेपालमा कोभिड १९ को सङ्क्रमण देखिएका व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित एक पत्रकार सम्मेलनमा मन्त्री भानुभक्त ढकालले यस बारेमा जानकारी दिनुभएको हो । मन्त्री ढकालका अनुसार ती पुरुषले हिजो असहज महसुस गरेपछि टेकु अस्पतालमा पुगेर स्वास्थ्य जाँच गराएका थिए ।

ती व्यक्ति बसेको होटल, सम्पर्कमा आएको व्यक्तिको खोजतलास गर्ने, क्वारेन्टाईनमा राख्ने, परीक्षण गराउने काम सुरु भएको जानकारी दिँदै मन्त्री ढकालले स्वस्फूर्त रूपमा सहयोग गर्न सम्बन्धित व्यक्तिसँग आग्रह गर्नुभयो । ती व्यक्ति होटलबाट अस्पताल आउँदा ट्याक्सीको प्रयोग गरेको र ट्याक्सीको पनि खोजी भइरहेको जानकारी मन्त्री ढकालले दिनुभयो । तेस्रो सङ्क्रमित व्यक्तिको अहिले टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा उपचार भइरहेको छ ।

हालसम्म ६ सय ८७ जनाको नमूना जाँच गरिएकोमा ३ जनामा मात्र कोभिड १९ भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्री ढकालले नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको सीमाभित्र बसिदिन सबैलाई आग्रह पनि गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू