अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०१ | Colorodo: 03:16

कोभिड १९ बारे चिकित्सकले अब टेलिफोनबाटै परामर्स उपलब्ध गराउने

बिआरटीनेपाल २०७६ चैत ९ गते ८:२४ मा प्रकाशित

नेपाल चिकित्सक संघले कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमणसँग सम्बन्धित परामर्श सर्वसाधारणलाई टेलिफोनबाटै उपलब्ध गराउने भएको छ । सरकारले आम नागरिकलाई आकस्मिक स्वास्थ्य समस्याबाहेक अस्पताल र भीडभाड हुने ठाउँमा नजान आग्रह गरेका बेला चिकित्सक संघले टेलिफोनबाटै कोरोना भाइरससँग सम्बन्धित परामर्श दिन लागेको हो ।

त्यसका लागि संघले १३ जना विशेषज्ञ चिकित्सकको टेलिफोन नम्बर सार्वजनिक गरेको छ । संघका अनुसार तोकिएको निश्चित समयमा सर्वसाधारणले ती विशेषज्ञ चिकित्सकलाई फोन गरी कोरोना भाइरस संक्रमणसँग सम्बन्धित समस्याबारे परामर्श लिन सक्नेछन् ।

संघले सार्वजनिक गरेको डाक्टरको सूचीमा डा. लोचन कार्की, डा.शिबप्रसाद श्रेष्ठ, अनिल बिक्रम र्काी, डा.बद्री रिजाल, डा.प्रकाश बुढाथोकी, डा.रितेश थापा, डा.सञ्जिब तिवारी लगायत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू