अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०२ | Colorodo: 07:17

कोरोनाविरुद्ध लड्न नेपालले चीन र भारतसँग स्वास्थ्य उपकरण माग्ने

बिआरटीनेपाल २०७६ चैत ९ गते ८:०८ मा प्रकाशित

सरकारले कोरोना भाइरससँग लड्न दुवै छिमेकीसँग स्वास्थ्य उपकरण माग्ने भएको छ ।नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेकाले आइतबार स्वास्थ्य मन्त्रालयले सामग्री माग्ने निर्णय गरेको हो ।

नेपालले चीनसँग तीन लेभलको गरी २ लाख पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), पीसीआर टेस्ट किट एक लाख, भीटीएम एक लाख, एन ९५ मास्क डेढ लाख थान माग्ने जनाएको छ । त्यस्तै ल्याबसहितको एम्बुलेन्स १० थान, मोबाइल एम्बुलेन्स ५ थान समेत माग्ने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले गरेको प्रस्ताव तयार पारी परराष्ट्र मन्त्रालयलाई बुझाइसकेको छ । परराष्ट्रले सम्बन्धित मुलुकसँग यसबारे छलफल गरिएको छ । त्यस्तै सरकारले भारतसँग पीपीई एक लाख ६० हजार थान, पीसीआर टेस्ट किट ५ लाख, भीटीएम १ लाख र ए ९५ मास्क डेढ लाख माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू