अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

कोरोनाभाइरस: इटलीमा एकै दिनमा ४७५ जनाको मृत्यु

बिबिसी २०७६ चैत ५ गते २१:२१ मा प्रकाशित

इटलीमा कोरोना भाइरसले लगाउने कोभिड-१९ रोगका कारण एकै दिनमा झन्डै ५०० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ। त्यो सङ्ख्या, चीनमा गत डिसेम्बरमा कोरोना भाइरसको महामारी सुरु भएपछि देशव्यापी हिसाबले एकै दिनमा मृत्यु हुने बिरामीको उच्चतम सङ्ख्या हो।कोरोना भाइरसको त्रासबिच युरोप र अन्यत्र पनि उच्च सतर्कता अपनाइएको छ। विभिन्न देशमा स्वास्थ्य सङ्कटकाल लगाइएका छन्। इटलीमा थप ४७५ जनाको ज्यान गएपछि कोभिड-१९ रोगका कारण मृत्यु हुनेको सङ्ख्या करिब ३,००० पुगेको छ।

केही इटालेलीहरूले केही साताअघि लगाइएका आवतजावत प्रतिबन्धहरूको बेवास्ता गरिरहेका छन्। आन्तरिक मन्त्रालयका अनुसार मङ्गलवार जरुरी कामबिना बाहिर रहेका ८,००० मानिस समातिएका थिए। पहिलो दिनको तुलनामा त्यो सङ्ख्या चार गुणाले बढी हो। त्यहाँ निषेधाज्ञा अटेर गर्नेलाई जरिवाना वा तीन महिनाको कैद सजायको व्यवस्था छ। छिमेकी जर्मनीमा चान्सलर एन्गेला मर्केलले आफ्नो देशले अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा ठुलो चुनौतीको सामना गरिरहेको बताउँदै मानिसहरूलाई भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धहरूको पालना गर्न आग्रह गरेकी छन्। फ्रान्समा मङ्गलवारदेखि सबै मानिसलाई अत्यन्त जरुरी काम नभएसम्म आफ्नो घरमै बस्न आदेश दिइसकिएको छ। 

सम्बन्धित सामग्रीहरू