अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१६ | Colorodo: 13:31

अर्थमन्त्री युवराज खतिवडा सरकारका प्रवक्ता

बिआरटीनेपाल २०७६ फागुन १४ गते ७:२४ मा प्रकाशित

सरकारले सरकारको प्रवक्तामा अर्थमन्त्री युवराज खतिवडालाई तोकेको छ। मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा खतिवडालाई तोक्ने निर्णय गरेको हो।

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि सरकारको प्रवक्ता पद खालि थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटाको राजीनामापछि सञ्चारमन्त्रीमा अर्थमन्त्री खतिवडालाई नै जिम्मेवारी दिनुभएको थियो ।

अर्थमन्त्री खतिवडाको राष्ट्रिय सभा कार्यकाल फागुन २० मा सकिँदै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू