अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०२ | Colorodo: 18:17

आफू बिरुद्ध षड्यन्त्र भएको प्रधानमन्त्री ओलीको भनाइ

बिआरटीनेपाल २०७६ फागुन १४ गते ७:०९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरुद्ध षड्यन्त्र भएको र त्यसको मुकाबिला गर्न तयार रहेको बताउनुभएको छ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने, राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउनेसहित राष्ट्रपतिको अधिकार थप्ने सम्मका विषयमा संविधान संशोधनको प्रसङ्गलाई एकै ठाउँ राखेर आफूविरुद्ध खेल भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

‘पछिल्ला घटना क्रमहरू जसरी विकसित भएका छन्, मेरो विरुद्धको खेल हो । तर म सबै कुराको सामना गर्न तयार छु’, आज बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो । राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्यको संख्या थप्ने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव ओलीले गर्नुभएको सचिवालयका एक नेताले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू