अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री खतिवडालाई

बिआरटीनेपाल २०७६ फागुन ८ गते ७:३३ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडालाई दिइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले दिनुभएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त मन्त्रालयको जिम्मा अर्थमन्त्री खतिवडालाई दिनुभएको हो ।

त्यस्तै मन्त्री बाँस्कोटाले सम्हाल्दै आउनुभएको शहरी विकास मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङलाई दिइएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले बिहीबार प्रधानमन्त्रीलाई राजीनामा बुझाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू