अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४७ | Colorodo: 09:02

बाँस्कोटाको राजिनामा पछि सरकारको आजको नियमित पत्रकार सम्मेलन स्थगित

बिआरटीनेपाल २०७६ फागुन ८ गते ७:२० मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि बिहीबार हुने सरकारको नियमित पत्रकार सम्मेलन स्थगित भएको छ । मन्त्रिपरिषदको निर्णय सुनाउन हरेक मन्त्री बास्कोटाले हरेक बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आएका थिए । तर बिहीबार भने बिशेष कारणले पत्रकार सम्मेलन स्थगीत भएको जनाइएको छ ।

पत्रकार सम्मेलन हलमा सञ्चारकर्मी पुगीसकेकाले सञ्चार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले पत्रकार सम्मेलन स्थगित भएको जानकारी दिनुभएको थियो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका मन्त्री बास्कोटाले बिहीबार दिउँसो राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया