अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद कमिसन प्रकरणमा सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजीनामा

बिआरटीनेपाल २०७६ फागुन ८ गते ७:१७ मा प्रकाशित

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिनुभएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिनुभएको हो । बाँस्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले संसदमा जानकारी दिनुभयो ।

संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा मागेको थियो । साथै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषदमा समेत समेत पटकपटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने, यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने उसको माग छ । कांग्रेसले संसद अवरुद्ध गरेपछि सभामुख बास्कोटाले सञ्चारमन्त्रीले राजीनामा दिइसकेको बताउनुभएको हो ।

औपचारिक पत्र आउन बाँकी रहेपछि आफुलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको उहाँले बताउनुभयो । उहाँले यसबारेमा सरकारको ध्यानाकर्षण पनि भइसकेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू