अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५२ | Colorodo: 09:07

एमसीसीबारे सरकारको दृष्टिकोण प्रष्ट छ– परराष्ट्रमन्त्री ज्ञवाली

बिआरटीनेपाल २०७६ फागुन ७ गते ७:०९ मा प्रकाशित

नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सरकारको दृष्टिकोण प्रष्ट रहेको र नेकपाको कार्यदलले यसबारे अध्ययन गर्नेमात्र म्याण्डेट पाएको बताउनुभएको छ । बंगलादेशको औपचारिक भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले गत साउनमै संसदमा सरकारले एमसीसी पारित गर्ने प्रस्ताव पेश गरिसकेकाले सरकारको दृष्टिकोण प्रष्ट रहेको बताउनुभयो ।

नेकपा केन्द्रीय कमिटीबाट एमसीसी अध्ययन गर्न गठित झलनाथ खनाल नेतृत्वको कार्यदलमा स्थायी कमिटी सदस्य भीम रावल र मन्त्री ज्ञवाली सदस्य हुनुहुन्छ । कार्यदलको बैठक बिहीबार बस्ने ज्ञवालीले जानकारी दिनुभयो । कार्यदलले परराष्ट्र मन्त्रालयसँग पनि कागजात मागेको छ ।

अर्को प्रसंगमा मन्त्री ज्ञवालीले चीनमा फैलिएको कोरोना भाइरसको कारण नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद प्रभावित नहुने बताउनुभयो । धेरै मुलुकबाट सहभागिताको सुनिश्चितता भइसकेको र कतिपयसँग सहभागिताको लागि कुराकानी भइरहेको उहाको भनाई छ ।

मन्त्री ज्ञवालीले चीनले कोरोनाविरुद्धको लडाइमा विस्तारै विजय प्राप्त गर्दै गएकार यो संकटको क्षणमा चीनसँग नेपालले ऐक्यबद्धता जनाएको उल्लेख गर्नुभयो । फागुन ५ देखि ७ गतेसम्मको औपचारिक भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच ब्यापार,पर्यटन, कनेक्टिभिटीलगायतका विषयमा महत्वपूर्ण छलफल भएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू