अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०९ | Colorodo: 08:24

प्रदेशको अहिलेको संरचनामा परिवर्तन हुन सक्छ – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ फागुन ७ गते ७:०९ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनचाहनाअनुसार प्रदेशको संरचनामा परिर्वतन हुन सक्ने बताउनुभएको छ । बुधबार सुर्खेतमा सञ्चारकर्मीसँगको कुराकानीको क्रममा अध्यक्ष प्रचण्डले संघीयता जनताको लागि ल्याईएको र कार्यान्वयनको क्रममा कहीँकतै असहज परिस्थिति सिर्जना भएमा बनावट परिर्वतन गर्न सकिने बताउनुभयो ।

कर्मचारी समायोजनको बिषयमा तत्कालै समाधान निस्कने उल्लेख गर्दै प्रचण्डले ऐन निर्माण ढिलाइ भएको तर ऐन निर्माणपछि मात्रै बजेट कार्यान्वयनमा समस्या नआउने जिकिर गर्नुभयो । प्रदेशले नै कर्मचारी भर्ती गर्ने व्यवस्था भएपछि बजेट कार्यान्वयन सहजै हुने भएकाले विकासमा समस्या नआउने उहाको भनाई छ ।

पार्टी एकता सुदृढीकरण गर्न फागुन महिनाभर प्रदेशस्तरीय अभियान सञ्चालन गरेको प्रचण्डले बताउनुभयो । सो अवसरमा वरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेललगायतले पार्टीको भेला सम्पन्न भएपछि कर्णाली प्रदेशको विकास निर्माणमा पनि पार्टी र संघीय सरकारले ध्यान दिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू