अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४५ | Colorodo: 20:00

राप्रपाबीच एकता टुंगो लाग्यो– अध्यक्ष कमल थापा

बिआरटीनेपाल २०७६ फागुन ६ गते ७:२३ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा संयुक्तबीच एकताको टुंगो लागिसकेको बताउनुभएको छ । बुटवलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले पार्टी एकताका लागि नेतृत्व, सिद्धान्त र चुनाव चिन्हको विवाद पनि मिलिसकेको खुलासा गर्नुभएको हो ।

महाधिवेशनलाई बल पुग्ने गरी पार्टी एकता हुने उल्लेख गर्दै उहाँले एकतामा ढिला भए पनि पार्टीको महाधिवेशनलगायत संगठन सुदृढीकरण अभियान नरोकिने स्पष्ट पार्नुभयो । एकफरक प्रसंगमा उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति कडा टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीले सरकार ढाल्न चलखेल भइरहेको भनी दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै थापाले सरकार ढाल्न खोज्ने को हो? जनताले थाहा पाउन जरुरी रहेको बताउनुभयो ।

राजा र राजसंस्थालाई अनावश्यक विवादमा पार्न नहुने भन्दै थापाले चुनावभन्दामाथिको साझा संस्था राजसंस्थालाई राख्नु पर्ने बताउनुभयो । पत्रकार भेटमा वरिष्ठ नेता दीपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष तोरण बहादुर गुरुङ, प्रदेश ५ का अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री राजाराम बर्तौलालगायतका नेताहरू पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू