अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०९ | Colorodo: 13:24

सैनिक हेलिकोप्टर लिएर कालापानी उडेको रक्षामन्त्रीको टोली ल्याण्ड नभइ फर्कियो

बिआरटीनेपाल २०७६ फागुन ५ गते ६:५२ मा प्रकाशित

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गरी फर्किनुभएको छ । आज बिहान साढे ८ बजेतिर दार्चुलाको सदरमुकाम खलंगाबाट नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टरबाट कालापानी क्षेत्रको लागी उडेको टोली विहान ९ बजे तिर पुन सदरमुकाम खलंगा फर्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उप–प्रधान एवं रक्षामन्त्री पोखरेलको टोलीमा दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्ना, सुदूरपश्चिम प्रदेशका उप– सभामुख निर्मला बडाल जोशी, प्रदेश सभा सदस्यहरू गेल्वुसिह बोहरा र मानबहादुर धामीसहित उप–प्रधान मन्त्रीका ६ जना सुरक्षाकर्मीहरुको टोलीले कालापानी क्षेत्रको अवलोकन गरको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।
कालापानी क्षेत्रमा अत्यधिक हिमपातका कारण हेलिकप्टर ल्यान्डीङ हुन नसके पनि हेलीकप्टरबाटै ब्यास गाउँपालिकाको वडा न १ छाङरु, तिंकर लगायत कालापानी क्षेत्रको अवलोकन गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ क्षेत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र छन् । नेपालको व्यास गाउँपालिकाको छांगरु र तिंकरमा हिमपातका कारण ६ महिनामात्रै मानिसहरु बस्ने गरेका छन् । त्यो बाहेक ६ महिना त्यहाँका स्थानीय बसाइ सरेर सदरमुकाम खलंगा झर्ने गर्छन् । सुरक्षाकर्मी पनि हिमपातका कारण ब्यास गाउँपालिकाको वडा नं २ दुम्लीङ झरेका छन् । सुरक्षाकर्मी र मानिसहरु तल झरेका कारण त्रिदेशीय सीमा क्षेत्र अहिले मानवविहिन बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू