अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४० | Colorodo: 08:55

नेपाली चलचित्र “मन परेसी” को शुभ मुहूर्त

प्रदिप कार्की २०७६ माघ १७ गते ८:४५ मा प्रकाशित

राजधानीमा फिल्म ’मन परेसी’ को शुभ मुहूर्त गरिएको छ । श्रीपंचमीको अवसर पारेर राजधानी स्थित भद्रकाली मन्दिरमा फिल्म युनिटको उपस्थितिमा मुहूर्त गरिएको हो । मुहूर्तमा फिल्मकी अभिनेत्री पूजा शर्मा, अभिनेता द्वय आकाश श्रेष्ठ र रविन्द्र झा, डेब्यु अनुहार मोनालिसा खतिवडा, प्रस्तुतकर्ता रघु परियार, लेखक तथा निर्देशक रुपेश थिङ्ग तामाङ र वितरक करण श्रेष्ठ सहित युनिटको उपस्थिति रहेको थियो ।

भद्रकाली मन्दिरमा पूजा र आकाशले स्क्रिप्टको पूजा गर्दै सफलताको कामना गरे । ‘रामकहानी’ बाट सुरु भएको पूजा र आकाशको सहकार्य , ‘पोइ र्पयो काले’, ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना विर्सना’ हुँदै ’मन परेसी’ सम्म आइपुगेको हो । ‘जय शम्भु’ फेम्ड निर्देशक रुपेश थिङ तामाङले निर्देशन गर्ने फिल्ममा आकाश र पूजासँगै बुद्धि तामाङ, रविन्द्र झा, शिशिर राणा, किरण श्रेष्ठ, लक्ष्मण श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

फिल्मको प्रस्तुतकर्तामा रघु परियार छन् । अमृत थिङ तामाङ फिल्मको कार्यकारी निर्माता र दिनेश शाहीरचक्र पाख्रिन तामाङ निर्माताको रूपमा रहेको फिल्ममा भुवन राज जोशी, कृष्ण परियार, ज्ञानु प्रसाद खनाल र प्रेम बहादुर घर्ती सह निर्मातामा रहेका छन् । फिल्मको कथा निर्देशक तामाङ आफैँले लेखेका हुन् भने उनलाई संवादमा सन्जोग राणाले सघाएका छन् । हरि घले लामाले खिच्ने फिल्ममा राजु तामाङको द्वन्द्व र रामजी लामिछाने रविन शाहको कोरियोग्राफी रहनेछ । अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने, श्रीकृष्ण बर्देवाले फिल्मको गीतमा सङ्गीत भर्ने जिम्मेवारी पाएका छन् । लभ स्टोरी(एक्सन जनरामा निर्माण हुने फिल्मको आउँदो आइतबारबाट छायाङ्कन सुरु हुने बताइएको छ । रिच इन्टरटेनमेन्टले वितरण गर्ने फिल्मलाई अर्को वर्षको तीजमा प्रदर्शन गर्ने घोषणा गरिएको छ । मिडिया एण्ड मुभिज प्राली र जुना फिल्म्सको संयुक्त ब्यानरमा निर्माण फिल्मको छायाङ्कन सेड्युल ४० दिनको राखिएको छ ।

पूजा शर्मा: फिल्म गर्न पहिलो कुरा स्क्रिप्ट राम्रो हुनु पर्छ । को स्क्रिप्टले मन छोएपछि मैले फिल्म गर्ने गरेकी छु । स्क्रिप्टलाई पर्दामा देखाउँदा राम्रो गर्ने प्रयास सबैको हुन्छ । यसमा पनि कथासँगै लभ स्टोरी र रिभेन्ज छ । यसमा हामीले देखिरहेको कथा पनि छ ।

रघु परियार: फिल्मको कुराकानी निर्देशकसँग पहिला देखि नै भइरहेको हो । यो आइडिया मन परेपछि मैले टिम अप गरेर फिल्म गर्न हुँ । राम्रो फिल्म बनाउने प्रयास रहने नै छ । यसलाई हामी आउँदो वर्षको तिजमा रिलिज गर्नेछौ ।

रुपेश थिङ्ग तामाङ: कन्सेप्ट फुरेपछि काम गरौँ भनेर सल्लाहपछि बनको टिम हो ’मन परेसी’ । मैले डेब्यु फिल्म ’जय शम्भु’ एक्सन जनरमा निर्माण गरेको थिए भने यसमा एक्सनसंगै लभ र रिभेन्ज पनि छ । दर्शकले तिरेको पैसा र समयको सदुपयोग होस् किसिमले फिल्म तयार गर्ने कोसिस मेरो रहनेछ ।

सम्बन्धित सामग्रीहरू