अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२५ | Colorodo: 19:40

जापानमा सूर्य इन्टरनेशनल अवार्ड २०१९ हुँदै

प्रदिप कार्की २०७६ कार्तिक २१ गते १०:०० मा प्रकाशित

पछिल्लो समय नेपाली फिल्मको राम्रो गन्तव्य बन्ने गरेको देश हो जापान । नेपाली फिल्मले आफ्नो बजारलाई डायस्पोरामा विस्तार गर्दै गर्दा जापानमा पनि नेपाली फिल्मले दर्शकको साथ राम्रो पाउन थालेका छन् । यसै देशको राजधानी टोकियोमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’ सम्पन्न गरिसकेपछि यति बेला दोस्रो शृंखलाको भव्य तयारीमा सूर्य कर्पोरेसन लागेको छ । साकुरा नाइटसँगै विभिन्न कार्यक्रम गर्दै नेपाली कला संस्कृतिलाई टेवा पुर्‍याउँदै आइरहेको सूर्य कर्पोरेसनका अध्यक्ष वासुदेव लामिछानेले दोस्रो शृंखला झनै भव्य हुने बताएका छन् ।

आउँदो नोभेम्बर २३ मा बिच पार्टी र २४ मा टोकियोमा रहेको नाकानो जिरो हलमा अवार्डको तयारी अन्तिम चरणमा पुगेको समेत उनले बताए । ’नेपाली कलाकारहरूको सहभागितामा हुने अवार्डले यहाँका नेपाली तथा अन्य दर्शकमा पनि उतिकै उत्साह थपेको छ’ तयारीका लागि टोकियोमा रहेका लामिछानेले बताए । उनले यस अवार्डलाई नाफा भन्दा पनि कला र संस्कृतिमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको बताए ।‘अवार्ड मार्फत थोरै भए पनि नेपाली फिल्मलाई टेवा पुगोस् भन्ने उद्देश्यका साथ यसको सुरुवात गरेको हुँ’ लामिछानेले भने ‘यस पटक हामी स्थानीय सरोकारवालासँग अन्तरक्रिया पनि गर्दै छौ नेपाली फिल्मकर्मीको साथमा । यसले नेपाल सरकारको नेपाल भिजिट २०२० लाई पनि सहयोग पुग्छ भन्ने विश्वास छ ।’ फिल्म र म्युजिक विधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने उनले बताए ।

अवार्ड अगाडी जापानमा साताव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरिने छ । जसमा स्थानीय मिडियाकर्मीसंगको भेटघाट , फिल्म र पर्यटन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरू रहनेछन् । नेपाली फिल्मी क्षेत्रलाई नै फाइदा पुर्‍याउने उद्देश्यले अवार्ड आयोजना गर्न लगिएको हो । पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् । अवार्ड समारोहमा दुई दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मी नीर शाहलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड , एक दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान, एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ ।

यसै गरी लोकप्रिय जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई विशेष सम्मान प्रदान गरिने भएको छ । कलाकारितासँगै गीतसङ्गीत, सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका बहु आयामिक व्यक्तित्वलाई प्रदान गरिने यो अवार्डमा यस विधा अन्तर्गत पहिलो पटक महलाई विशेष सम्मान गर्न लागिएको हो । साथै , यो सम्मान हरेक वर्ष नहुने समेत आयोजकले प्रस्ट्याएको छ ।

यस पटक अवार्डमा सहभागी हुन् नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, भुवन केसी, केशव भट्टराई, अनमोल केसी, श्वेता खड्का, नम्रता श्रेष्ठ, पूजा शर्मा, सन्दीप छेत्री, कमल खत्री, वर्षा राउत, विजय लामा, बुद्धि तामाङ, दीपेन्द्र लामा, हेमन्त शर्मा, सञ्जीव पराजुली, सञ्जीव पराजुली, टिका प्रसाईं, मञ्जु पौडेल, सम्झना लामिछाने मगर लगायतका कलाकारहरू रहेका छन् । साथै, अवार्डमा एपीएफको कल्चरल ग्रुपले आफ्नो प्रस्तुति समेत देखाउने छ । अवार्डमा ६ फिल्म र ६ सङ्गीतका विधालाई समेटिएको छ । साथै, क्रिटिक्स अवार्डमा निर्देशक, अभिनेता र अभिनेत्रीको विधा समेत रहेको छ ।

यसको नोमिनेशन नभई अवार्ड समारोहमै विजेता घोषणा गरिनेछ भने अन्य नोमिनेशनमा परेका पपुलर विधामा भोटको आधारमा विजेता घोषणा गरिनेछ । दर्ता आव्हान गरिएको मिति सम्ममा दर्ता भएका फिल्म मध्येबाट टप ३ लाई छनौट समितिले पपुलरको आधारमा सार्वजनिक गरेको हो । कार्यक्रमको अफिसियल एमसीको रूपमा नरेश भट्टराई रहेका छन् । अवार्डको नोमिनेशमा परेका टप तीनलाई भोट गर्न सूर्य इन्टरनेशनल अवार्डस् (जततउकस्ररकगचथबष्लतभचलबतष्यलबबिधबचमक।अयm) क्लिक गरेर नोमिनेशनमा गएर गुगल वा फेसबुक मार्फत लगइन गरेर मत दिन सकिनेछ ।

फिल्म विधा
१ फिल्म
प्रसाद – सुभाष थापा फिल्म प्रोडक्सन
छक्का पन्जा – आमा सरस्वती मुभिज
ए मेरो हजुर ३ – सुहाना इन्भेस्टमेन्ट

२ निर्देशक
मिलन चाम्स – बोबी
झरना थापा – ए मेरो हजुर ३
दीपा श्री निरौला – छक्का पन्जा ३

३ अभिनेता
विपिन कार्की – प्रसाद
अनमोल केसी – क्याप्टेन
प्रदीप खड्का – लभ स्टेसन

४ अभिनेत्री
नम्रता श्रेष्ठ – प्रसाद
सम्राज्ञी आरएल शाह – काइरा
पूजा शर्मा – रामकहानी

५ सह अभिनेता
केदार घिमिरे – छक्का पन्जा ३
सलोन बस्नेत – यात्रा
बुद्धि तामाङ – जय भोले

६ सह अभिनेत्री
वर्षा राउत – गोपी
सन्ध्या केसी – पण्डित बाजेको लौरी
नीरुता सिंह – नाई नभन्नु ल ५
म्युजिक

१ पप गायक
कमल खत्री – पहिलो मायो
सञ्जीव पराजुली – कर्के नजर
दीपक बज्राचार्य – मन मगन

२ पप गायिका
१ टिका प्रसाई – कर्के नजर
२ इन्दिरा जोशी – रेलिमाई
३ त्रिशाला गुरुङ – यो मन

३ आधुनिक गायक
हेमन्त शर्मा – बरिखा
युवराज चौलागाई – लट्टर पट्टर
राजेश पायल राई – दर्शन नमस्ते ४

४ आधुनिक गायिका
मेलिना राई – पिरिम नलाउने
अन्जु पन्त – नरुनु है
प्रविशा अधिकारी – तिमी बिना

५ लोक गायक
१ कुलेन्द्र बिक – सालको पात
२ खुमन अधिकारी – १४ अञ्चल ससुराल
३ पशुपति शर्मा – गाह्रो हुन्छ फेरी

६ लोक गायिका
१ सम्झना लामिछाने मगर – आउँन माया नाचिदेउ
२ मञ्जु पौडेल – गाह्रो हुन्छ फेरी
३ विष्णु माझी – सालको पात