अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०८ | Colorodo: 21:23

राते काईला म्युजिक भिडियोमा

प्रदिप कार्की २०७६ साउन २६ गते ९:३६ मा प्रकाशित

नेपाली फिल्मनगरीमा “राते काईला” को उपनामले स्थापित सुनिल थापाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । फिल्ममा भिलेनको रूपमा देखिँदै आएका सुनिल भिडियोमा पनि त्यही अन्दाजमा देखिदैछन् । उनले अभिनय गरेको भिडियोको सार्वजनिक तस्बिर तथा टिजरमा उनलाई ’बोस’ को रूपमा चित्रण गरिएको अनुमान लगाउन सकिन्छ । संवत् उनी पहिलो पटक हिपहप गीतमा देखिएका हुन् । ’झ्याम्म पुतली’ बिलको हिपहप गीतमा साइक्लोनिक अर्थात् विधान रेसमी मगर र नेपालको फास्ट र्यापरको परिचर बनाएका बुलेट फ्लो अर्थात् सुरज विक्रम थापाले तयार पारेका हुन् । 

यसको अडियोलाई क्रोनिक बिटले तयार पारेको हो भने यसको भिडियोलाई बेस्मेन्ट स्टुडियोले । भिडियोमा इँटा चाम्लिङ राईको कोरियोग्राफी रहेको छ । भिडियोको सार्वजनिक टिजरले नै यसलाई अन्तर्राष्ट्रिय लेभलको बनाउने प्रयास गरिएको अनुमान लगाउन सकिन्छ । ’नेपाली हिपहपको सिनारियोमा यो केही फरक रहेको र यसको भिडियोलाई पनि विना सम्झौता तयार गरिएको विधानले बताए । सुनिल पनि आफ्नो व्यक्तित्व अनुसार नै भिडियोमा प्रस्तुत भएको बताए । “हिपहप रुचाउने मात्र होइन गीतसङ्गीत प्रेमीको मन छुने गरी अडियो र आँखालाई शीतलता दिने भिडियो तयार पारेका छौ” विधान विश्वस्त सुनिए । गीतको सानो झलक अर्थात् टिजर पनि सार्वजनिक गरिएको छ । 

VIDEO: