अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४३ | Colorodo: 21:58

एमसीसी छिटो पास गर्नुपर्ने काँग्रेस सभापति देउवाको माग

बिआरटीनेपाल २०७६ माघ १४ गते ६:५७ मा प्रकाशित

प्रमुख विपक्षी नेपाली काँग्रेसका सभापति शेरहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) छिटो पास गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिँदै सभापति देउवाले आफू प्रधानमन्त्री भएको बेलामा एमसीसी मन्त्रीपरिषदले पास गरेको स्मरण गर्दै यस्तो बताउनुभएको हो ।

यति ठूलो सहयोग अमेरिकी सरकारको कहिल्यै नआएको भन्दै उहाँले अमेरिकाले सैन्य गठबन्धन होइन भनिसकेको र चीनले आपत्ति छैन भनेको बताउनुभयो । नेपालको विजुली भारतलाई बेच्ने हो भने अमेरिकाको सहयोगले मद्धत गर्न भन्दै उहाँले एमसीसी छिटो पास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू