अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४४ | Colorodo: 01:59

गजल

मन्दिरा मधुश्री २०७६ माघ १३ गते १२:०९ मा प्रकाशित

छोड न मधु प्यारका कुरा
गर्नु छ अब सारका कुरा

गरियो धेरै यो जिन्दगीमा
रङ्गिन ती शनिवारका कुरा

केही त नवीन हुनेछ पक्कै
गरौँ न अलग धारका कुरा

सायद तिमी भ्रममा नै छौ
फूलमा पढ्यौ हारका कुरा ?

साँच्चै शान्ति चाहने भने
नगर्नु अब मारका कुरा

नगर “मधु” विश्वास तिमी
नसुनी दुई चारका कुरा

प्रतिक्रिया