अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 09:18

गजल- मन्दिरा मधुश्री

मन्दिरा मधुश्री २०७६ जेठ ९ गते १७:४३ मा प्रकाशित

फाटेको यो मन सिएर जाऊ
बाँकी छ जे जे लिएर जाऊ ।

सक्दिन बाँच्न विरह बोकी
उपहारमा जहर दिएर जाऊ

झरेका आँसुमा छौ तिमी नै
थापेर अँजुली पिएर जाऊ ।

हौ प्रेमी या मात्रै चित्त चोर
मनको कसीमा खिएर जाऊ ।

सुनाउँला पर्ख म मधुश्रावणी
केही बेर छेउमा उभिएर जाऊ ।।

प्रतिक्रिया