अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 12:57

अग्नि सापकोटा विरुद्ध शितलनिवास अगाडि प्रदर्शन गर्ने १२ जना पक्राउ

बिआरटीनेपाल २०७६ माघ १३ गते ८:२० मा प्रकाशित

नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरूद्ध राष्ट्रपति कार्यालय शितल निवासअगाडि प्रदर्शन भएको छ । सभामुख विरुद्ध प्रदर्शनमा उत्रिएका मानवअधिकारवादीलाई प्रहरीले पक्राउ गरेको हो । सापकोटाले आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिइरहँदा बाहिर मानवअधिकारीवादी प्रदर्शनमा उत्रिएका थिए ।

विरोधमा उत्रिएका १२ जनाभन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको छ । आफ्ना पतिको हत्यामा संलग्न भएको भन्दै सापकोटाविरूद्ध मुद्दा लडिरहेका पूर्णिमाया लामालगायत पक्राउ पर्नुभएको हो । अदालतमा मुद्दा विचाराधिन रहेको बेलामा सापकोटालाई सभामुख निर्वाचित गरिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू