अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३९ | Colorodo: 15:54

पूर्वराजारानी सिलिगुडीतर्फ, सिक्किम पनि जाने कार्यक्रम

बिआरटीनेपाल २०७६ माघ १२ गते ८:१७ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल शाह झापाबाट आइतबार सिलिगुडीतर्फ प्रस्थान गर्नुभएको छ । प्राप्त जानकारीअनुसार उहाँहरु निकट आफन्तहरुसहित सिलिगुडीतर्फ लाग्नुभएको हो ।

पश्चिम बंगाल र सिक्किमको करिब साताव्यापी यात्रामा पूर्वराजारानीसहितको टोलीले गांटोक र दार्जिलिङको पनि यात्रा गर्ने बताइएको छ। पूर्वराजारानी झापाको दमकबाट आइतबार सिलिगुडीतर्फ प्रस्थान गरेका हुन्।

दार्जिलिङमा स्कुलतर्फको अध्ययन गरेका पूर्वराजाले यात्राका क्रममा आफ्नो स्कुलको भ्रमण पनि गर्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू