अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५८ | Colorodo: 09:13

नवनिर्वाचित सभामुख सापकोटाको सपथ सोमवार

बिआरटीनेपाल २०७६ माघ १२ गते ८:११ मा प्रकाशित

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको सपथ सोमबार बिहान हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा शपथ ग्रहण कार्यक्रम तय भएको शीतलनिवास स्रोतले जानकारी दिएको छ ।

सापकोटा निर्वाचित भएको औपचारिक जानकारी राष्ट्रपति कार्यालयलाई गराएपछि सोमबार बिहान ११ बजेका लागि शपथ ग्रहणको समय निर्धारण गरिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो । शपथ ग्रहणपछि भोलि नै उहाँले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर कार्यभार सम्हाल्ने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू