अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१० | Colorodo: 13:25

गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङ्गे ६ हजार धरौटीमा रिहा

बिआरटीनेपाल २०७६ माघ १२ गते ७:४३ मा प्रकाशित

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङ्गे भनिने राजिव गुरुड आज धरौटीमा रिहा हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुलमाथि कुटपिट गरेको आरोपमा गत बुधबार मनाङ्गेलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीमा ६ हजार धरौटी बुझाएर मनाङ्गे रिहा हुनुभएको हो । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले ६ हजार धरौटीमा प्रदेशसभा सदस्य ममनाङ्गलाई रिहा गरिएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा मनाङ्गबाट सहभागी भएको टिमलाई बसोबार र खेलकुद मैदानको उचित व्यवस्थापन नगरेको भन्दै सभासद् मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गर्दै अभद्र व्यवहार गर्नुभएको थियो । सार्वजनिकस्थलमै मनाङ्गेले अध्यक्ष गुरुङलाई मुक्का हाने लगत्तै एन्फाका अध्यक्ष मिलनले जिल्ला प्रहरी कार्यालय कास्कीमा सांसद मनाङ्गे विरुद्धमा जाहेरी दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू