अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 14:06

अमेरिकी सेना फिर्ताको माग गर्दै हजारौं इराकी सडकमा

बिआरटीनेपाल २०७६ माघ १० गते ७:४१ मा प्रकाशित

अमेरिकी सेना फिर्ता जानुपर्ने माग गर्दै हजारौं मानिस शुक्रबार राजधानी बगदादमा विरोध र्यालीमा उत्रिएका छन् । शक्तिशाली सिया धर्मगुरु मुक्ताडा अल सरदारको आह्वानमा उक्त र्याली निकालिएको हो । उनले यसलाई ’मिलियन म्यान मार्च’ नाम दिएका थिए । इराकमा परिवारका वृद्धदेखि बच्चासम्म उपस्थित र्यालीमा इराकी झण्डासहित ’नो, नो टु अमेरिका’ र ’नो, नो टु अकुपेसन’ (पेसा) लेखिएका ब्यानरसमेत देखाइएका थिए । उक्त र्यालीमा कडा सुरक्षा व्यवस्था कायम गरिएको थियो भने अमेरिकी दूतावास भएको ग्रिन जोन क्षेत्रमासमेत विशेष सुरक्षा सतर्कता अपनाइएको थियो ।

अमेरिकाले इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानी र इरानी सहयोग भएका इराकी सैन्य कमान्डर अबु महदी अल(मुहान्दिसको ड्रोन आक्रमण गरी हत्या गरेपछि इरानले धेरैपटक ग्रिन जोन क्षेत्रमा रकेट आक्रमण गरेको थियो । २ जनवरीमा कासिम सुलेमानीको हत्यापछि अहिले इराकमा रहेका अमेरिकी सेना फिर्ताको माग गर्दै बृहत् विरोध प्रदर्शन गरिएको हो । अमेरिकी सेना इराकमा बस्नु उसको सार्वभौम अधिकार विपरीत भएको भन्दै आलोचनासमेत भइरहेको छ । हाल करिब ५ हजार अमेरिकी सेना इराकमा छन् । इराकको संसदले पनि अमेरिकी सेनालाई फिर्ता गर्ने प्रस्ताव पारित गरेको छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकी सेना इराकबाट फिर्ता नहुने संकेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू